नितेश कर्ण, वीरगंज, १५ माघ/
नेकपा माओवादी केन्द्र, सर्लाहीले मङ्गलवार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाग्मती नगरपालिकाको पुतलीचोकमा दुर्ई घण्टा चक्काजाम गरेको छ ।

बाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तानलगायतलाई झूटा वन मुद्दा दायर गरेर फसाउने षड्यन्त्र भएको आरोप लगाउँदै माओवादी केन्द्र, सर्लाहीले चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत आज दुई घण्टा चक्काजाम गरेको हो ।

चक्काजाम कार्यक्रममा पार्टीका जिल्ला नेता, कार्यकर्ताहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here