शिक्षालाई सरल बनाउने कि जटिल भन्ने सवालमा अर्को सवाल पनि उक्लन्छ, शिक्षालाई किन कस्तो बनाउने ? अर्थात् शिक्षाको उद्देश्य के बनाउने ? अहिले हाम्रो देशबाट विदेशमा पलायन भइरहेको जनसङ्ख्यालाई विचार गर्ने हो भने कुन कित्ताका बढी उत्सुक छन् ? शिक्षित मानिसमा विदेश पलायनको मोह बढी छ कि अशिक्षित वा निरक्षरमा ? शिक्षाले विदेश जान सिकाएको हो वा विदेशको आकर्षणले मात्र मानिसलाई तानिरहेको छ ? शिक्षित मानिस यति हलुको हुन पुग्दछ कि विदेशतिर सजिलै तानिन्छ ? यथार्थमा तथ्याङ्कमाथि राम्ररी विचार गर्ने हो भने देशबाट शिक्षितहरू बढी मात्रामा पलायन भइरहेका छन् । अहिले पनि गाउँमा निरक्षरहरू बढी भेटिन्छन् तर शिक्षित निकै कम ।
गाउँमा को बस्छ ? गाउँमैं बस्नेको धारणा अचम्मको हुन्छ । ती सोझै भन्दछन्, कोही कतै काम गर्न नसक्नेहरू नै गाउँमा बस्दछन् । अनि ती पनि गाउँमा बस्न रुचाउँछन् जो गाउँमैं बसेर कुनै रोजगार वा नोकरी गर्न सक्छन् । अन्यथा, राम्रो मानिस गाउँमा बस्दैन । यहाँ राम्रो मानिसको अर्थ पढेलेखेको, कुनै इलम भएको र अगाडि बढ्ने चाहना भएको मानिस हो । गाउँमा बस्ने मानिसमा स्वाभाविक निराशा हुन्छ । कम्तीमा एकपटक विदेश पुगेर केही वर्ष काम गरेर फर्कन पाए सन्तोष मान्ने मनोविज्ञान गाउँमा देखिएको छ ।
हरेक गाउँमा विद्यालय छ, अधिकांश वडामा माध्यमिक विद्यालय पुगिसकेको छ । माध्यमिक विद्यालय नभएको शायद नै कुनै वडा होला । यसलाई शिक्षाको विस्तार भएको छ भन्नैपर्छ । शिक्षाको विस्तार भएको अवस्थामा शिक्षाले दिएको के होला ? चेतना, विवेक र बुद्धि अर्थात् ज्ञानका कुरा त शिक्षित मानिसले पाएकै हुनुपर्छ । के समाजमा यस्तो मनोविज्ञान स्थापित भएको छ ? हाम्रो समाजको चेतना, विवेक र ज्ञानको उपयोग हुन सकेको छ ? कि उपयोग त भइरहेको छm प्रभावकारी मात्रै हुन नसकेको हो ? वा शिक्षितहरू केवल आदर्श कुरा गर्ने र आप्mनो जीवनमा लागू गर्न नसकेको अवस्था हो ?
शिक्षाले जीवनमा परिवर्तन ल्याउँदै नल्याएको भने होइन । शिक्षाले मानिसको जीवनमा धेरै परिवर्तन ल्याएको छ । शिक्षाले सिकाएको आशावादी हुनु पनि हो । भविष्यप्रति आशावादी हुनेहरूको सङ्ख्या धेरै बढेको छ । पहिलेको तुलनामा जीवनलाई सरल बनाएको शिक्षाले पनि हो । शिक्षाले स्वास्थ्यको चेतनामा निकै वृद्धि गरेको छ । यसको अर्थ यो पनि हो कि मानिसको जीवन पहिलेको तुलनामा लामो भएको र हुँदै गएको छ । मानिसको औसत आयु बढ्दै गएको छ । मानिसले स्वास्थ्यप्रति गम्भीर हुन थाल्नुमा पनि शिक्षाकै योगदान हो । अनि हरेक शिक्षित मानिसले आप्mनो सन्तानलाई आपूmभन्दा बढी शिक्षित बनाउन धेरै लगानी गरिरहेको पनि हो ।
कतै बढी लगानीले पनि विदेश मोह बढाएको हो कि ? उदाहरणको लागि हुनेखानेले आप्mना सन्तानलाई विदेशमा पढ्न पठाउँदा खर्च धेरै लाग्छ । धेरै खर्च लगाएर विदेश पुगेको विद्यार्थी त्यहाँ रोजगारमा संलग्न हुन्छ र त्यहाँको वातावरणमा घुलमिल भएपछि स्वदेश फर्कन चाहँदैन । कतिपय अवस्थामा यस्ता अनेक उदाहरण भेटिन्छ जहाँ पढ्नका लागि भनेर पठाइएका विद्यार्थी पढाइ छाडेर जति वर्षको अध्ययन भिसा हुन्छ, त्यति वर्ष केवल कामदार बनेर वा अन्य आयमूलक रोजगारसित जोडिएर काम गर्दछन् । अनि अभिभावकको चाहना पनि हुन्छ कि विदेश जानासाथ मलाई पैसा पठाउन थालोस् । अनि टोल–छिमेकले पनि आप्mनो सन्तानलाई विदेश पढाउन खोज्छ वा विदेश पठाएर पैसा पठाउने काममा लगाउन चाहन्छ । यसबाट समाजमा नाम पनि उचो हुने तथा दाम पनि राम्रै आउने हुन्छ । अनि मौका पाउनासाथ विदेश भ्रमणको अवसर पनि पाइन्छ, जसले गर्दा समाजमा अझ ठूलो धाक हुन जान्छ । समाजमा धाकधक्कुको पनिे स्थान कम छैन । अहिले पनि आप्mनो सन्तानलाई विदेश पढाउने मानिसको नाक धेरै ठूलो भएको पाइन्छ । यसै कारण धेरै नागरिकले विदेश पढाउनुलाई विशेष सम्मान मान्न थालेका छन् । यस्तो कार्यलाई विदेशप्रति बढेको मोह भन्न सकिन्छ । यस प्रवृत्तिमा तत्काल विराम लाग्ने सम्भावना देखिएको छैन ।
अहिलेको शिक्षाको आवश्यकता के हो ? किन मानिस विश्वको विभिन्न कुनामा जानु परिरहेको छ ? विश्वस्तरको शिक्षा दिनको लागि हामीले के के गर्नु उचित हुन्छ ? वा हामी कहाँ चुकेका छौं ? कतै शिक्षाकै कमजोरीले त होइन, हामीले नेपालीलाई नेपालमैं टिकाउन नसकेको ? विगतमा टिकाउने, सिकाउने र बिकाउने कुरा सुनिएको थियो शिक्षाको क्षेत्रमा । अहिले पनि यो निकै महŒवपूर्ण छ । यथार्थमा हामीले विद्यार्थीलाई विद्यालयमा टिकाउने, जीवनोपयोगी सीप सिकाउने, नेपाली बजारमा बिकाउने र नेपालमंै टिकाउने किसिमको शिक्षातिर पाइला अगाडि बढाउनुपरेको छ । शिक्षाको निकै ठूलो योगदान यस अर्थमा पनि देखिन्छ कि आज गाउँगाउँमा सर्वसाधारण नेपालीले पनि नेपाली भाषा बोल्न थालेका छन्, बुझ्न थालेका छन् । नेपाली सर्वग्राह्य हुनुमा अन्य कारणसँगै शिक्षाको पनि महŒवपूर्ण योगदान रहेको छ । यसबाट यो पनि मान्न सजिलो हुन्छ कि शिक्षा व्यावहारिक छ भने सबैमा विस्तार हुन सजिलो हुने रहेछ ।
हुनत मातृभाषामा शिक्षाको व्यवस्था हुन सक्यो भने धेरै राम्रो हुन सक्थ्यो तर यो सम्भव हुन सक्ने अवस्था देखिंदैन । विद्यार्थीहरूले भाषा सिक्ने कि भाषालाई माध्यम बनाएर दिइने सीप सिक्ने भन्ने कुरा पनि विचारणीय हुन्छ । अहिले विश्वका विभिन्न देशमा गइरहेका नेपाली कामदारहरूले त्यहाँको भाषा र संस्कृति यहींबाट सिकेर गइरहेका छन् भन्ने होइन । निस्सन्देह कतिपय यस्ता मानिस यस्तो ठाउँमा गइरहेका छन्, जहाँको भाषाको अलिकति पनि ज्ञान छैन तर त्यहाँ आप्mनो दैनिकी र व्यवहार गरिरहेका छन्, काम राम्रोसित गरिरहेका छन् । राम्रोसित काम गरिरहेको अवस्थालाई विचार गर्ने हो भने भाषालाई सीप सिकाइको बाधक मान्नुहुँदैन । तर कसैलाई उसकै मातृभाषामा कुनै सीप सिकाउने हो भने उसको बुझाइमा बाधा रहँदैन । कतिपय प्रतिभावान्ले पनि भाषाको कारण सिकाइ उपलब्धिमा क्षमता अनुसारको उचाइ प्राप्त गर्न सक्ने हुँदैन ।
अब समय आइसकेको छ कि शिक्षालाई पूर्णतः दैनिकीसित जोडियोस्, सिद्धान्तसँग मात्र होइन । मलाई के लाग्छ भने प्राथमिक तहसम्म कुनै एक विषयमात्र नेपालीमा राखेर बाँकी सम्पूर्ण विषयको ज्ञान त्यहाँको मातृभाषामा दिनुपर्छ । प्राथमिक तहसम्म सिकाइने सम्पूर्ण विषय र सम्पूर्ण विषयवस्तु सम्बन्धित स्थानीय तहको हुनुपर्छ । स्थानीय तहमा पालिका तथा जिल्लालाई समेट्नुपर्छ । हरेक विद्यार्थीले प्राथमिक तहसम्म केवल आप्mनो पालिकाबारे मात्र पढ्ने वा जानकारी लिनुपर्छ । यसैगरी निम्न माध्यमिक तहमा सम्बन्धित प्रदेशबारे जानकारी दिनुपर्छ । प्रदेशको सबै विषय र ज्ञान निम्न माध्यमिक तहका विद्यार्थीको स्तरानुकूल पस्कनु उचित हुन्छ । तथा, माध्यमिक तहमा देशले चाहेको शिक्षा दिंदा राम्रो हुन्छ । यसरी स्थानीय तहले स्थानीय तहबारे जानकारी, प्रदेशले प्रदेशबारे जानकारी र केन्द्रले सोही अनुसार केन्द्रबारे बढी जानकारी दिने तथा प्राथमिक तहको शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारको, निम्न माध्यमिक तहको शिक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारको र माध्यमिक तहको शिक्षाको सम्पूर्ण जिम्मेवारी सङ्घ सरकारको हुनेगरी व्यवस्थापनको जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने व्यवस्था हुनुपर्छ ।
सबैभन्दा महŒवपूर्ण कुरा शिक्षाले विगत, वर्तमान र आगतलाई देखाउन सक्नुपर्छ । हाम्रो विगत, वर्तमान र भविष्यबारे शिक्षाको उद्देश्य दैनिकी, संस्कार, संस्कृति तथा स्थानीय बालीनाली, पेशा, रोजगारको सम्भावनासमेतलाई नहच्किई प्रस्तुत गर्नु उचित हुन्छ । शिक्षाले कम्तीमा आपूmलाई चिन्ने र चिनाउने बनाइदेओस् । आफैंलाई बिर्साउने शिक्ष्Fा दिने हो भने जसकसैले हेर्ने वा विचार गर्ने अरूलाई नै हो । अरूलाई देखेर, अरूलाई बुझेर कोही पनि आपूm बन्न सक्दैन । आफूजस्तो हुनको लागि हरेकले आफूलाई नै चिन्नुपर्छ । आफूलाई चिन्न सक्नु नै ठूलो कुरा हो ।