इस्लामाबाद, २८ पुस/एएनआई
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले देशमा दुई करोड २० लाखभन्दा बढी बालबालिका विद्यालय नगएको बताउँदै मुस्लिम राष्ट्रहरूले बालिकाहरूको शिक्षामा ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

इस्लामाबादमा दुई दिने ‘मुस्लिम समुदायमा बालिका शिक्षा ः चुनौती र अवसर’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उनले बालिकालाई शिक्षामा समान पहुँच प्रदान गर्न मुस्लिम विश्वले सामना गर्ने महŒवपूर्ण अवरोधहरूलाई स्वीकार गरे । प्रधानमन्त्री शरीफले आगामी दशकमा लाखौं युवा बालिका श्रमशक्ति बन्ने भन्दै उनीहरूले आपूm र आप्mनो परिवारलाई गरीबीबाट माथि उठाउन मात्र नभई विश्व अर्थतन्त्रमा समेत योगदान गर्न सक्ने सम्भावना रहेको कुरामा जोड दिए ।

पाकिस्तानको कुल जनसङ्ख्याको आधाभन्दा बढी महिला भएपनि महिला साक्षरता दर ४९ प्रतिशत मात्र रहेको उनले जानकारी दिए । पाँचदेखि १६ वर्ष उमेर समूहका करीब दुई करोड २८ लाख बालबालिका विद्यालयबाहिर रहेका र बालिकाहरूको सङ्ख्या असमान रहेको पनि उनले उल्लेख गरे ।

“बालिकाहरूलाई शिक्षाबाट वञ्चित गर्नु भनेको उनीहरूको आवाज र छनोट हुने अवसरबाट वञ्चित गर्नु हो र उज्ज्वल भविष्यको अधिकारबाट वञ्चित गर्नु हो”–डनले प्रधानमन्त्री शरीफलाई उद्धृत गर्दै भनेको छ ।

सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजईसहित मुस्लिमबहुल देशका धेरै अन्तर्राष्ट्रिय प्रतिनिधिले भाग लिइरहेका छन् ।

मलालाले सम्मेलनमा विश्व नेताहरूसँग सहभागी हुन पाउँदा उत्साहित रहेको बताउँदै एक्समा बालिकाहरूको शिक्षाको अधिकार संरक्षणको महŒव र तालिबानले अफगान महिला तथा बालिकाहरूप्रति गरेको व्यवहारका लागि जिम्मेवार ठह¥याउनुपर्ने विषयमा बोल्ने बताइन् ।

“म विश्वभरका मुस्लिम नेताहरूसँग बालिका शिक्षाको महŒवपूर्ण सम्मेलनमा सहभागी हुन पाउँदा उत्साहित छु । म सबै बालिकाको विद्यालय जाने अधिकार संरक्षणबारे र नेताहरूले अफगान महिला र बालिकाहरूविरुद्ध अपराधका लागि तालिबानलाई किन जिम्मेवार ठह¥याउनुपर्छ भन्ने विषयमा बोल्नेछु”–उनले एक्समा लेखेकी छन् ।

बुधवार पाकिस्तान विदेश कार्यालयको वक्तव्य उद्धृत गर्दै डनले जनाए अनुसार शिक्षामार्फत बालिकाहरूलाई सशक्त बनाउन मुस्लिम देशहरूको साझा प्रतिबद्धता उल्लेख गरिएको इस्लामाबाद घोषणापत्र हस्ताक्षर गरी सम्मेलन समापन हुनेछ ।

प्रधानमन्त्री शरीफले यो घोषणापत्र उम्माह (मुस्लिम समुदाय)को सामूहिक लक्ष्यको रूपमा संयुक्त राष्ट्रसङ्घ र सुरक्षा परिषद्समक्ष पेश गरिने बताए ।

प्रतिनिधिहरूले विश्वभर बालिका शिक्षा अघि बढाउने प्रतिबद्धता जनाउँदै अन्तर्राष्ट्रिय साझेदारी सम्झौतामा पनि हस्ताक्षर गरेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here