बलिराम शुक्ला, बिरुवागुठी, २३ पुस/
सबडिभिजन वन कार्यालय बडनिहार र विन्ध्यवासिनी कोइलाभार साझेदारी वन उपभोक्ता समूहले मङ्गलवार पर्सागढी नगरपालिका अन्तर्गत रहेको जनता सडकका विभिन्न चोकमा आगो बाल्न दाउराको व्यवस्थापन गरेका छन् ।
मङ्गलवार बिहानैदेखि शीतलहरसँगै चीसो हावा चलेको कारण वन र साझेदारीले संयुक्तरूपमा १० स्थानमा आगो बाल्नको लागि दाउरा व्यवस्था गरेका हुन् । जनता सडक भएर जाने यात्रीहरूलाई अत्यधिक चीसोको कारण सवारीसाधन चलाउन कठिनाइ हुने गरेको कारण विभिन्न चोकमा न्यानोको लागि आगो बालिएको सबडिभिजन वन कार्यालय बडनिहारका जमदार जीतबहादुर तामाङले बताएका छन् ।