प्रस, परवानीपुर, २१ पुस/
वीरगंज महानगरपालिका–२२ जगरनाथपुर निवासी उमेश साह तेलीको पक्की घरमा गएराति नगद र गरगहना चोरी भएको छ । तेलीका अनुसार उनको घरबाट नगद एक लाख ५० हजार रुपैयाँ, सुनका दुईवटा सिक्री र चारवटा औंठी चोरी भएको छ ।
नगद एक लाख ५० हजार र सुनका पाँच तोला गहना चोरी भएको तेलीले बताए । नौ लाख मूल्यभन्दा बढीको धनमाल चोरी भएको उनले जानकारी गराए । अज्ञात समूहले उनको घरको मूलद्वारको ताला फोडेर चोरी गरेको उनले बताए । वडा प्रहरी कार्यालय, श्रीपुरको टोलीले आजै बिहान घटनास्थलमा पुगेर छानबीन गरिरहेको छ ।
साहका छोराछोरी वीरगंजमा पढ्ने हुँदा उनी घरमा ताला लगाएर वीरगंजकै डेरामा आएका थिए । सोही मौका छोपी चोरहरूले ताला फुटाइ सुत्ने कोठामा रहेको दराजको ताल्चा फोडेर नगद र गरगहना चोरेर लगेको तेलीले बताए ।