प्रस, वीरगंज, १३ मङ्सिर/
कलैया उपमहानगरपालिकाको बरेवास्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गर्ने मुख्य अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय, बाराले पक्राउ गरेको छ ।

बिहीवार जिप्रका बारामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले गत जेठ ३२ गते आदर्श कोतवाल गाउँपालिका–२ खजुरियामा साँझ सवा पाँच बजे क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या गरिएको घटनाका मुख्य अभियुक्त सुरेन्द्र कुशवाहा पक्राउ परेको बताए ।

उनले घटनाको ६ महीनासम्म फरार आदर्श कोतवाल गापा–२ निवासी ४१ वर्षीय कुशवाहालाई कोशी प्रदेशको मोरङ जिल्लाबाट हिजो पक्राउ गरिएको बताए । उनी हत्यापछि शुरूमा भारतमा बस्दै आएका र त्यसपछि मोरङ जिल्लामा देखिएको सूचनाका आधारमा पक्राउ गरिएको बताए । पक्राउ परेका कुशवाहा नेपाली सेनामा रहेका र उनी सेनाबाट पनि भगौडामा रहेको उनले बताए । बारा प्रहरीले ६ महीना अघिको यो घटनामा १० जना शङ्कास्पदलाई पक्राउ गरेर कारबाही अगाडि बढाएको थियो । १० जनामध्ये दुईजना धरौटीमा रिहा भएका छन् भने आठजना बारा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि बन्दी सुधारगृह (कारागार) वीरगंजको थुनामा छन् । पक्राउ परेका मुख्य अभियुक्त कुशवाहालाई ज्यानसम्बन्धी र हातहतियार खरखजानामा मुद्दा चलाइने प्रवक्ता सापकोटाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here