प्रस, वीरगंज, १२ मङ्सिर/
जिल्ला प्रहरी कार्यालय, बाराले बुधवार पत्रकार सम्मेलन गरी हिजो राति कोल्हवी नगरपालिका–५ सोनाभारस्थित दीनदयाल चौधरीको घरमा छापामारी गरी १७० किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको जनाएको छ ।
बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले सोनाभारस्थित चौधरीको घरमा इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख एवं प्रहरी निरीक्षक किसन बस्नेत नेतृत्वको टोलीले सूचनाका आधारमा छापामारी गरेको र महिला र पुरुष गरी दुईजनालाई नियन्त्रणमा लिएको बताए । उनले ५० वर्षीय रमोद चौधरी र ५२ वर्षीया मनमतीदेवी चौधरीलाई पक्राउ गरेर आवश्यक कानूनी कारबाई अघि बढाएको बताए । दीनदयाल चौधरीको घरबाट २१ वटा पोकामा १७० किलो गाँजा बरामद भएपछि घरका दुईजनालाई नियन्त्रणमा लिएको उनले जानकारी गराए ।