प्रस, रौतहट, ८ कात्तिक/
डिभिजन वन कार्यालय रौतहटको गस्ती टोलीले चन्द्रपुर नगरपालिका–३ ख्याकु गाउँमा छापामारी गरी दुर्ई थान भरुवा बन्दुक र खयर काठको डमरुसहित एकजनालाई पक्राउ गरेको छ ।
छापामारीको क्रममा टोलीले कान्छामान जिम्बालाई पक्राउ गरेको डिभिजन वन कार्यालय, रौतहटका प्रमुख हेमन्तप्रसाद साहले बताए । जिम्बाले अवैधरूपमा वनबाट खयर काठ काटेर डमरु बनाउने गरेको सूचनाको आधारमा टोलीले छापामारी गरेको थियो । टोलीले जिम्बाको गोठबाट दुई थान भरुवा बन्दुकसमेत बरामद भएपछि अनुसन्धान भइरहेको वन अधिकृत राजेशकुमार साहले जानकारी गराएका छन् ।