प्रस, पोखरिया, ५ कात्तिक/
पर्सा जिल्लामा असोज ११–१२ गतेको अविरल वर्षापछि आएको बाढीले महँगो भएको हरिया तरकारीहरूको मूल्य घटेको छैन ।

बाढीपछि दोब्बर–तेब्बर मूल्यवृद्धि भएकामा अहिलेसम्म सोही मूल्यमा बिक्री भइरहेका छन् । पोखरियामा काउली प्रतिकिलो रु १४०, भन्टा, परवल, करैला रु १००, घिरौला ६०, पुरानो आलु ६०, नयाँ आलु ९०, प्याज १२०, बोडी १४०, सजीवन १६०, हरियो खुर्सानी ३२०, बन्दा र रामतोरियाँ ८०, लौका ८०, गोलभेंडा १६०, मूला ८०–१०० मा बिक्री भइरहेका छन् । 

बोइलर गाउँमा भन्दा महानगरमा सस्तो

बोइलर कुखुराको मासु पर्साको ग्रामीण क्षेत्रमा भन्दा महानगरमा सस्तोमा बिक्री भइरहेको छ । दशैं र दशैंपछि पनि महानगरमा बोइलर कुखुरा प्रतिकिलो २५०–२८० सम्ममा बिक्री भइरहेको छ ।

वीरगंज महानगर–१५ नेशनल मेडिकल कलेज जाने बाटोमा बोइलर कुखुरा रु २५० प्रतिकिलोमा बिक्री भइरहेको छ भने मुर्ली, रानीघाटलगायतका क्षेत्रमा २८० प्रतिकिलोमा बिक्री भइरहेको छ । यही बोइलर कुखुरा पर्सा जिल्लाको पोखरिया नगरपालिकालगायत ग्रामीण क्षेत्रमा प्रतिकिलो रु ३०० देखि ३२० मा बिक्री भइरहेको छ ।

पोखरियाको तुलनामा ठोरीको आठघरे, सुवर्णपुर बजारमा थोरै मात्रामा यी हरिया तरकारीहरू बिक्री भइरहेका छन् । जीराभवानी गाउँपालिकाका नौकाटोला, सेढवा, सखुवनिया, सुपौली, जगरनाथपुर गापाका जानकीटोला, मसिहानी, दसौता, छिपहरमाई गापाका भिस्वा, तुलसीबर्वा, सम्भौता र वीरगंज महानगरपालिकाका बिर्ता, माईस्थान, गीता मन्दिर, मुर्ली, नगवालगायतका क्ष्Fेत्रमा पनि यही मूल्यमा हरिया तरकारीहरू बिक्री भइरहेका छन् ।

प्रस, सिम्रौनगढ/
हरिया तरकारीको लागि चर्चित बाराको सिम्रौनगढ, पचरौता नगरपालिकालगायत क्षेत्रमा पनि हरिया तरकारीहरूको मूल्य बढेकै छ ।

पर्सा, बारा, रौतहट, मकवानपुर, काठमाडौंसम्म निर्यात हुने यहाँका हरिया तरकारीहरूको मूल्य किसानहरूले बढाएका छन् ।

यद्यपि सिम्रौनगढमा बाढी आएको थिएन र तरकारीखेती प्रभावित भएन तर देशभर बाढीले हरिया तरकारीको अभाव भएपछि यहाँका किसानहरूले पनि मूल्यवृद्धि गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here