प्रस, सिम्रौनगढ, २९ असोज/
सिम्रौनगढ नगरपालिकाको विषयमा सोमवार समसामयिक गोष्ठी सम्पन्न भएको छ । सिम्रौनगढ नपा–७ स्थित कङ्काली माविमा आयोजित गोष्ठीमा नगरसभापछि कार्यालयमा रकम बाँडफाँडको काम मात्र भएको, विकास निर्माणका काममा ध्यान नदिइएको, भोटका लागि लक्षित गरेर काम भइरहेको, शिक्षा, स्वास्थ्य, कृषि जस्ता विषय प्राथमिकतामा नपरेको र नगरसभापछि भ्रष्टाचार झनै मौलाएको आरोप लाइएको थियो । गोष्ठीमा सहभागीहरूले नगर सुधारका लागि नगरवासीहरूको भेला गरेर सक्रियता देखाउनुपर्ने आवश्यकतामा जोड दिए ।

गगनदेवप्रसाद कुशवाहाको अध्यक्षतामा भएको गोष्ठीमा मोहन अग्रहरी, रामेश्वर मेहता, विजय ठाकुर, सजावल प्रसाद, जगदीश महतो, गगनदेव साह, किशुन राय, विनोद रामलगायतले विचार व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण हरेन्द्र यादवले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here