प्रस, वीरगंज, ५ असोज/
गौतम माविले विद्यार्थीको कानको जाली फुट्ने गरी कुटेकी शिक्षिका निधि गुप्तासँग राजीनामा लिएको छ ।

यही असोज २ गते अङ्ग्रेजी विषयकी शिक्षिका गुप्ताको कुटाइबाट कक्षा ६ मा अध्ययनरत अर्जुन राउत कुर्मीको कानको जाली फुटेको थियो । घटनापछि विद्यालयमा कार्यरत नर्ससँग देखाएर निजलाई नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचारको क्रममा डा फिरोज अन्सारीले विद्यार्थी कुर्मीको कानको जाली फुटेको बताए । विद्यार्थीका बुबा रामबाबू राउत कुर्मीले शिक्षिकामाथि कारबाहीसमेतको माग गरेका छन् ।

विद्यालयका सञ्चालक सोनाम लामाले घटनाबारेमा आफूहरूले थाहा पाएपछि घाइते विद्यार्थीको उपचारमा लागिपरेको र शिक्षिकालाई राजीनामा गर्न लगाएको बताए । उनले विद्यालयमा शिक्षक नियुक्त गर्दा नै कुनै पनि विद्यार्थीलाई कुनै तरीकाले कुट्न नपाउने सम्झौता गर्ने गरेको बताए । सम्झौताविरीत शिक्षिका गुप्ताले विद्यार्थीलाई कुटेपछि राजीनामा गर्न लगाएको बताए ।

उनले घटनाबारेमा अभिभावकलाई सम्झाइबुझाइ गरेको र विद्यार्थीलाई सबै खाले उपचारमा विद्यालयले सघाउने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here