नरेश यादव, पर्सागढी, ४ असोज/
चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ नारायणघाट–मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालको पहिरोमा परी बस दुर्घटना हुँदा बेपत्ता भएका पर्सागढी नगरपालिका–७ का ६७ वर्षीय सलिम मियाँ र निजकी पत्नी जनबिया धुनियाका परिवारलाई नपाले ५० हजार सहयोग गरेको छ ।

पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक, उपप्रमुख पूजा चौधरीसमेत पीडित परिवारको घरमा पुगेर निजका बुहारीद्वय सब्या खातुन र फातमा खातुनलाई रु ५० हजारको चेक हस्तान्तरण गरेका थिए । घटनामा बेपत्ता परिवारलाई आर्थिक सहयोग गर्ने नगरपालिका अन्तर्गतको विपत् व्यवस्थापन समितिले यस अघि निर्णय गरेको थियो ।

विपत् भनेर आउँदैन र यस्ता घटनाका पीडितहरूलाई पर्सागढी नपाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्ने नगरप्रमुख पाठकले प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा वडा सदस्य रामजीवन खाँ थारू, सर्बतदास थारू, स्थानीय सिकेन्द्र पटेल, उमेश भण्डारीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here