नरेश यादव, पर्सागढी, २८ भदौ/
वीरगंज महानगरपालिका–२८ बगहीस्थित मुख्य सडकको कटरा खोलामा रहेको पुल भाँसिएको छ । पुल भाँसिएपछि सो सडकखण्ड भएर आवतजावत गर्ने ठूला सवारीलाई कठिनाइ उत्पन्न भएको छ ।

पुलको उत्तरदेखि दक्षिणतर्फ वीरगंज आवतजावत गर्ने स्थानीयहरूलाई समस्या भएको बताइन्छ ।

यो पुल करीब दुई महीना अघि भाँसिएको हो । पुल पुनर्निर्माणका लागि वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई लिखित जानकारी गराएको तर नगरप्रमुख सिंहले नगरपालिकाबाट पुल निर्माण गर्न नसकिने जवाफ फर्काएको वडाध्यक्ष सरजुग महतो बताउँछन् ।
वडाध्यक्ष महतोले भने, “नगरप्रमुख सिंहले वडा विकासका लागि बजेट पठाएकोले सोहीबाट पुल पुनर्निर्माण गर्न निर्देशन दिनुभएको छ ।” उनले नगरप्रमुखले पुल निर्माणमा रुचि नदेखाएपछि वडाको बजेटबाट तत्काल पाँच लाख खर्चेर डाइभर्सन बनाएको बताए । पुल निर्माणको लागि शहरी विकास मन्त्रालयमा एक करोड २० लाखको एस्टिमेट प्रस्ताव गरिएको उनले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here