प्रस, वीरगंज, ९ भदौ/
लोकतान्त्रिक समाजवादी पार्टीको तेस्रो वार्षिकोत्सव वीरगंजमा मनाइएको छ । वीरगंज महानगर–२५ श्रीसियामा प्रदेशसभा सदस्य एवं पार्टीका उपाध्यक्ष रमेशप्रसाद कुर्मीले लोसपाले मधेसको हकअधिकारको लागि निरन्तर सङ्घर्ष गर्दै आएको बताए ।
उनले मधेसी जनताको हकअधिकारको लागि निरन्तर सङ्घर्ष गर्दै आएकोले यो पार्टीप्रति आम मधेसीको आशा र भरोसा रहेको दाबी गरे । उनले पार्टीमा एकजुट भएर अगाडि बढ्न कार्यकर्ताहरूलाई सुझाए ।
लोसपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाले पार्टीले हकअधिकारको लागि सङ्घर्ष गर्दै आएकामा अझ सशक्त बनाउन सबैलाई आग्रह गरे । उनले स्थापना दिवसको अवसरमा सबैलाई शुभकामना पनि दिए ।
पार्टीका वीरगंज महानगर अध्यक्ष शेख फिरोजले स्वागत गर्दै लोसपाका गतिविधिहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने बताए । कार्यक्रममा लोसपाका नेताहरू मौलाना साबिर अन्सारी, रेखा घिमिरे, उषा श्रीवास्तव, लालबाबू प्रसाद, वडाध्यक्ष जयप्रकाश अग्रवाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।