प्रस, वीरगंज, ४ भदौ/
वीरगंजमा रहेका नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन्। नेवार समुदायले मनाउने आठवटा जात्रा अघि यो जात्रा पितृको सम्झनामा मनाउने गर्छन्।
मङ्गलवार अलखियामठबाट वीरगंज सापारु (गाईजात्रा) समितिको आयोजनामा जात्रा निकालिएको थियो। नगर परिक्रमा गरेर सोही स्थलमा जात्रा समापन भएको थियो। यसपटकको जात्रामा २५ जना परिवार सहभागी भएका थिए।
प्रत्येक वर्ष मृत्यु भएका व्यक्तिको सम्झनामा सोको परिवारले गाईजात्रा निकान्छ।