प्रस, पोखरिया, ३२ साउन/
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले अघिल्लो सरकारबाट कुनै काम नभएकोले नेकपा एमाले र काङ्ग्रेस मिलेर सरकार बनाउनुपरेको बताएका छन् ।

मन्त्री भएपछि दोस्रोपटक गृह जिल्लामा आएका उनले बहुदरमाई नगरपालिका–७ मा निर्माणाधीन स्वागतद्वार उद्घाटन गर्दै माओवादी नेतृत्वको पछिल्लो सरकारले देशमा सुख–शान्ति स्थापना गर्न नसकेको, आर्थिक अवस्था सबल बनाउन नसकेको र देशले उन्नति, प्रगति गर्न नसकेको कारण सो सरकार परिवर्तन भएको बताए । उनले अहिले नेकपा एमाले र नेपाली काङ्ग्रेसको सहकार्यमा बनेको सरकारप्रति नेपाली जनताको ठूलो आशा र विश्वास रहेको र यसलाई सरकारले नडगमगाउने बताए ।

मन्त्री गुप्ताले भारत सरकारले नेपालका पालिकाहरूको विकासको लागि नेरु एक हजार १२० करोड सहयोग गर्न लागेको भन्दै आआप्mनो पालिकामा पाँचदेखि २० करोडभित्रको योजना पेश गर्न सुझाए ।

बहुदरमाई नपाका प्रमुख सिंहासन साहको अध्यक्षतामा भएको कार्यक्रममा एमाले, पर्साका अध्यक्ष डा विश्वम्भर शर्मा, बहुदरमाई नपाकी उपप्रमुख सुषमा कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफा, पोखरिया नपाकी उपप्रमुख रूबी ठाकुर, जिसस पर्साका उपाध्यक्ष पुरन पटेल, सखुवाप्रसौनी गापाका पूर्वअध्यक्ष प्रदीप जयसवाललगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here