नरेश यादव, पर्सागढी, २९ साउन/
जीतपुरसिमरा उपमहानगरपालिका–२ अन्तर्गत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिमरामा शिक्ष्Fक सरुवाको विषयलाई लिएर नगरप्रमुख राजन पौडेल र वडाध्यक्ष धनबहादुर श्रेष्ठबीच घम्साघम्सी भएको छ ।

नगरप्रमुख पौडेल मङ्गलवार स्थानीय प्रहरी र नगरप्रहरीसहित विद्यालयमा पुगेका थिए । उनले सरुवा भएका मेघराज अधिकारीलाई रमानापत्र नबुझाएको र हाजिरी गराएर काम गराएको भन्दै विद्यालयमा गएर रजिस्टर नियन्त्रणमा लिएका थिए । उनले सरुवा भएका शिक्ष्Fक अधिकारीलाई फकिरा गिरी राजेश गिरी मावि, जीतपुरमा पठाउन र उनको स्थानमा शिक्षिका सीता अधिकारीलाई हाजिरी गराइ काम गराउन दबाब दिएका थिए ।

नगरप्रमुखको दबाबविरुद्ध वडाध्यक्ष श्रेष्ठ अगाडि आएपछि दुवैबीच हात हालाहाल मात्र भएन बाँकी तँ–तँ, म–म भयो । वडाध्यक्ष्Fले नगरप्रमुखले पदको दुरुपयोग गरी सरुवा भएर आएको छ महीना पनि नपुग्दै अधिकारीको सरुवा गरेको भन्दै आपत्ति जनाए । उनले शिक्षक अधिकारीलाई रमाना पनि नदिने र विद्यालयमैं खटाइरहने अडान लिए । नगरप्रमुखले पनि जबरजस्ती हाजिरी रजिस्टर खोसेर शिक्षिका अधिकारीलाई हाजिरी गराउन खोजेका थिए । वडाध्यक्ष श्रेष्ठले नगरप्रमुखले सो क्रममा आफूमाथि हात हाल्ने प्रयास गरेको आरोप लगाए ।

वडाध्यक्ष श्रेष्ठका अनुसार शिक्षक अधिकारी आएदेखि विद्यालयको वातावरणमा सुधार आएको र उनलाई पूर्वाग्रही तरीकाबाट छ महीना नपुग्दै शिक्ष्Fा नियमावलीविपरीत सरुवा गर्न खोज्दा आफूले त्यसको विरोध गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here