प्रस, पोखरिया, २१ साउन/
कालिकामाई गाउँपालिका कार्यालयमा मङ्गलवार तालाबन्दी भएको छ । करारमा कार्यरत हाल आठजना कर्मचारीको म्याद थपको विषयलाई लिएर उपाध्यक्ष्F राजपति देवी बरइनीको नेतृत्वमा आन्दोलनकारी र समर्थकहरूले पालिकाको मूलगेट र गापा अध्यक्ष, उपाध्यक्ष्Fको कक्षमा तालाबन्दी गरेका छन् ।

एक वर्षअगाडि स्वास्थ्य सेवामा संलग्न १० जना करार कर्मचारीको म्याद थप गरिएको थिएन । सोही विषयलाई लिएर अहिले १० दिनदेखि कालिकामाई गापाको मूलगेटमा म्याद थप नभएका कर्मचारीहरू धर्नामा बस्दै आएका छन् । उनीहरूको आन्दोलनलाई पछिल्लो समय उपाध्यक्ष, तीनजना वडाध्यक्ष र अध्यक्षका प्रत्यासी, पूर्ववडाध्यक्षहरूसहित नेपाली काङ्ग्रेस, एमाले र माओवादीले समर्थन गर्दै आएका छन् । साउन २७ गते राजनीतिक दलमा आबद्ध नेताहरूले हिजोसम्मको समयसीमा दिएर दरबन्दीको म्याद थप नगरे आज तालाबन्दी गर्ने चेतावनी दिएका थिए । सोहीअनुरूप आज पाँचवटा वडामध्ये तीनजना वडाध्यक्ष, उपाध्यक्ष, गापा अध्यक्षका प्रत्यासी अजय पटेल, अरमान खान, पूर्ववडाध्यक्ष पवन तिवारीलगायत कालिकामाई गापाका विभिन्न वडाका मानिसहरू भेला भएका थिए ।

उनीहरूले करारका स्वास्थ्यकर्मी कर्मचारीहरूलाई हटाउनु गलत कार्य भएको र उनीहरूको म्याद
थप गर्नुपर्ने माग राखेका थिए । वक्ताहरूले आज गापा कार्यालयमा तालाबन्दी गरेको र गापा अध्यक्षले करार अवधि थप नगरेमा सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here