प्रस, निजगढ, २८ साउन/
बाराको निजगढ नगरपालिका–४ कछडियाटोलस्थित कछडिया थारू संस्कृति सङ्ग्रहालयको निर्माणाधीन पक्की भवन तीन वर्षदेखि अलपत्र परेको छ । कछडिया थारू जातिको कला, संस्कृतिको जर्गेना गर्दै भावी पुुस्तालाई थारू कला, भाषा, साहित्य, संस्कृति, परम्पराको जानकारी गराउने, जर्गेना गर्ने उद्देश्यले निर्माण शुुरू गरिएको थियो ।
सङ्ग्रहालय निर्माण गर्न पटक–पटक सङ्घीय मन्त्रालय, प्रदेश मन्त्रालय धाए पनि तीन वर्षदेखि रकम विनियोजन नहुँदा भवन अलपत्र परेको पूर्व वडा अध्यक्ष एवं समाजसेवी जयराम कुुमरले बताए । आपूm वडा अध्यक्ष हँुदा निजगढ नगरपालिकाबाट रकम विनियोजन भएको थियो तर त्यस यता केही हुुन नसकेको कुुमरले बताउँछन् ।
सङ्घीय सरकारको संस्कृति, पर्यटन मन्त्रालयबाट प्राप्त २५ लाख र निजगढ नगरपालिकाबाट प्राप्त १५ लाख गरी कुल ४० लाख रुपियाँमा २०७७ सालमा निर्माण शुुरू गरिएको थियो । अघिल्लो जनप्रतिनिधिहरूको कार्यकालमा शुुरू भएको कछडिया थारू संस्कृति सङ्ग्रहालयलगायत अन्य विकास कार्यलाई स्थानीय तहले बर्सेनि रकम विनियोजन गर्दै अधूरो कार्य सम्पन्न गर्नुपर्ने निजगढका तत्कालीन नगरप्रमुख सुरेशकुमार खनालले बताए । त्यसैगरी, निजगढ नगर शहरोन्मुख भइरहँदा निर्माण शुरू भएको सङ्ग्रहालयले नगरको गौरव बढाउने, आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणसँगै कछडिया थारू जातिको परम्परा, कला, भेषभूषा, भाषा र संस्कृतिको अध्ययन, खोज, अनुुसन्धान गर्न चाहनेहरूका लागि केही सहज हुने पूर्वनगरउपप्रमुुख लीलादेवी लामिछाने बताउँछिन् ।
कछडिया थारू जातिको कला, संस्कृति, भाषाको उत्थान र पहिचान दिनेगरी निर्माण हुन लागेको सङ्ग्रहालय निर्माण कार्य अधूरो, अलपत्र हुनु चिन्ताको विषय रहेको नेपाल कछडिया थारू उत्थान सङ्घका केन्द्रीय अध्यक्ष महेशी कुुमर बताउँछन् । यो मधेस प्रदेशकै एक मात्र सङ्ग्रहालय रहे पनि समयमा निर्माण सम्पन्न हुुन नसक्नु चिन्ताको विषय रहेको अध्यक्ष कुुमर बताउँछन् ।
यस अघि पटकपटक स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकारबाट रकम विनियोजन गराउन धाउँदा पनि रकम पाइएन । आश्वासन भने अहिले पनि पाइरहेका छौं । सङ्ग्रहालय भवन निर्माण समितिका अध्यक्षसमेत रहेका कुुमर भन्छन् ।
दुई हजार ५६ वर्गफिट क्षेत्रफल ओट्गने गरी अढाइ तले आकर्षक सङ्ग्रहालयको पक्की भवन, कम्पाउन्ड पर्खाल, गेट, आकर्षक बगैंचासहितको लागत रु दुई करोड ५० लाख लाग्ने बताइएको छ।
निजगढ नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा अधूरो भवन निर्माणको लागि बजेट छुट्याएको निजगढ नगरप्रमुुख सुरथ पुरीले बताए । नगरपालिकाले भवन बनाउन करोडौं लाग्ने हुँदा त्यति उपलब्ध गराउन नसके पनि केही बजेट उपलब्ध गराउन कोशिश गर्ने प्रतिक्रिया दिएका छन् ।