प्रस, सिराहा, २८ साउन/

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले उपेन्द्र यादवसँग पार्टी विभाजन गर्नुपर्ने कारण र समसामयिक विषयमा पार्टी सिराहाका नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षण  दिइरहेका छन् ।

सिराहाको निर्वाचन क्षेत्र नं ४ कर्जन्हामा सोमवार प्रशिक्षण दिने क्रममा अध्यक्ष राईले पालिकास्तरसम्म पुगेर प्रशिक्षित गर्दै पार्टी सङ्गठन मजबूत बनाउनेतर्फ लाग्न अभियान नै थालनी गरेको बताए । पार्टीका स्थानीय अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा उनले पार्टी विभाजनको औचित्यबारे प्रकाश पारेका थिए ।

उपेन्द्र यादव नेतृत्वको जनकपुरको एकता महाधिवेशनले नै विभाजनको रेखा कोरेको अध्यक्ष राईको आरोप थियो । उनले उपेन्द्र यादव मात्रै अध्यक्षमा निर्विरोध भएको भनिए पनि अरू पदाधिकारी ल्याउन नसकेकोमा आलोचना गरे ।

एकजना मान्छेलाई अध्यक्षको कुर्सीमा राख्ने, पार्टीको सम्पूर्ण अधिकार सुम्पिएर तमाम नेता, कार्यकर्तालाई पङ्गु बनाउने पनि महाधिवेशन हुन्छ ? भन्दै प्रश्न गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here