प्रस, वीरगंज, २७ साउन/

प्रतीक दैनिकद्वारा स्थापित सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार विमला गुप्तालाई दिने निर्णय भएको छ ।

प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्माको अध्यक्ष्Fतामा आइतवार बसेको बैठकले यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार पत्रकार गुप्तालाई दिने निर्णय गरेको हो । प्रत्येक वर्ष प्रतीक दैनिकको वार्षिकोत्सवमा रु ५१ हजार राशिको यो पुरस्कार प्रदान गरिंदै आएको छ ।

यस वर्ष भदौ १ गते शनिवार कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिने प्रतीक दैनिकले जनाएको छ ।

वार्षिकोत्सवमा यस वर्ष स्तम्भकारमा कुमार रूपाखेती, संवाददातामा धर्मेन्द्र चौरसिया र प्रतीक दैनिकको कर्मचारी महमद तबरेज हवारीलाई पुरस्कृत गर्ने निर्णय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here