प्रस, पर्सागढी, २४ साउन/
पर्सागढी नगरपालिका–४ भेडाहा, मुसहरी निवासी एकजना युवतीले पासो लगाएर आत्महत्या गरेकी छन् । स्थानीय दीपक रामकी छोरी १८ वर्षीया सविता कुमारीले घरनजीकको अम्बाको रूखमा पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

गाउँका स्थानीयहरूले बिहान सविता रूखमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीय बडनिहार प्रहरी चौकीलाई खबर गरेका थिए । घरपरिवारका मानिसले भने बुधवार राति सविता घरमा नआएको र उनको खोजी भइरहेको बताएका थिए । तर यसबारेमा प्रहरीलाई भने खबर गरिएको थिएन । बिहान अम्बाको रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी सविताले आत्महत्यागरेको हो वा उनको हत्या भएको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

शव शल्यपरीक्षणको लागि नारायणी अस्पतालमा पठाइएको छ । शल्यपरीक्ष्Fण प्रतिवेदन आएपछि घटनाबारेमा थप कुरा बाहिर आउने र अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here