प्रस, परवानीपुर, २० साउन/
बारा जिल्ला, जीतपुरको विकासमा अहम् योगदान दिएका स्व फकिरा गिरीको परिवारमा चलिरहेको सम्पत्ति विवाद सतहमा आएको छ ।
फकिरा गिरीकी बुहारी मानती गिरीले आफूले अंश नपाएको भन्दै अंश दिलाइदिन आग्रह गरेकी छन् । प्रतीकसँग कुराकानी गर्दै उनले विगत लामो समयदेखि अड्डा अदालतको चक्कर लगाउँदा लगाउँदै मुद्दा पनि हारिसकेको तर एक धुर जग्गा अंशबापत नपाएको बताइन् । फकिरा गिरीकी जेठी पत्नी लाखो देवीको कोखबाट जन्मिएका माइला छोरा विनोद गिरीकी पत्नी मानती गिरीले २०४७ भदौ २ गते विनोद गिरीसँग विवाह गरेकी थिइन् ।
जीतपुरसिमरा–२ सिमरामा माइती भएकी ५० वर्षीया मानतीले लगभग ३० वर्षदेखि मानाचामल अंश मुद्दालगायतमा अड्डा अदालत धाउँदाधाउँदै दुःख पाएको तर व्यवहारमा एक धुर पनि जग्गा अंश नपाएको उनले दाबी गरिन् । अहिले उनी पति विनोद गिरी र एकजना छोरीसहित जीतपुरसिमरा–७ मा डेरा गरी बस्दै आएकी छन् ।
फकिरा गिरीका आठजना छोरा छन् । जसमध्ये जेठी पत्नीबाट तीनजना र कान्छी पत्नी शान्ति देवीबाट पाँचजना छोरा छन् । आठजनामध्ये विनोद र मानती एक्लै बसिरहेका छन् भने अन्य सातजना अंशबन्डा गरेर छुट्टाछुट्टै बसिरहेका छन् । अन्य दाजुभाइमा राजेश्वर, राजेन्द्र, वीरेन्द्र, नागेन्द्र, दीपेन्द्र, दिलीप र राजुराज गिरी छन् ।
मानतीले सुरुआती चरणमा बारा जिल्ला अदालत र मकवानपुर जिल्ला अदालतमा विभिन्न मुद्दामा षड्यन्त्र गरेर विपक्षीहरूले कागजीरूपमा बलियो भई अंश मुद्दामा आफूलाई झुक्याएको आरोप लगाएकी छन् । उनले ३८ कट्ठा जग्गा अंश निस्किनुपर्ने दाबी गरेकी छन् । फकिरा गिरीको २२ बिघा जग्गा र १४ कट्ठा घडेरीमध्ये डेढ कट्ठा घडेरी र तीन बिघा खेत अंश पाउनुपर्ने उनको दाबी छ । त्यति नदिए पनि कागजीरूपमा ३८ कट्ठा विनोद गिरीलाई दिने भनेर गरिएको कागजी तथ्यको आधारको जग्गा पनि अहिलेसम्म नदिएको र सो मात्र दिए पनि चित्त बुझाउने उनले बताइन् ।
उनले बारा जिल्ला अदालतमा मानाचामलको मुद्दा दिंदा विपक्षीले मकवानपुर जिल्ला अदालतमा हेटौंडा हाँडीखोलाका रामकृष्ण तिमल्सिनाको नक्कली मानती शर्मा पत्नी बनाएर आफू अर्कैको पत्नी भनेर नजीर खडा गरेको र सोही नजीर पटकपटक अदालतमा पेश गरेको हुँदा आफू र पति अंशबाट वञ्चित भएको बताइन् ।
जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगंजमा चलिरहेको अंश विवाद मुद्दा गत २०८० माघ १० गते पैmसला भएको थियो । सो पैmसला पनि विपक्षीको नाममा भएकोले आफू झन् पीडामा परेको बताउँदै चाँडै जीतपुरमा अनशन शुरू गर्ने चेतावनीसमेत मानतीले दिएकी छन् ।
कानूनी हिसाबमा न्यायालयबाट न्याय नपाउँदा व्यावहारिक हिसाबले जीतपुरका समाजसेवीले यस विषयमा अग्रसरता देखाउनुपर्ने उनले बताइन् ।
यता, उनका देवर राजुराज गिरीले भने भाउजू मानती र उनको परिवारसँग आफूहरूको कुनै लेनदेन बाँकी नरहेको बताए । उनले यदि लिनुदिनुपर्ने
थियो भने अदालतले फैसला गथ्र्यो, मुद्दा हामीले हाथ्र्यौं र उनीहरूलाई अंश दिनुपथ्र्यो तर कानूनी हिसाबले हामीहरूमध्येबाट उनलाई केही दिनुपर्ने फरफारक नरहेकाले आफूले यस विषयमा केही नबोल्ने बताए ।
दाइ विनोदले कागजी हिसाबले अंशको जग्गा लिएर बिक्री गरेर उडाएको भाइ राजुराजको भनाइ
छ ।