नितेश कर्ण, वीरगंज, २० साउन/
बारा जिल्लामा आव २०८०/८१ मा २७ हजार ९५९ जनाले नयाँ नेपाली नागरिकता लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय, कलैया, इलाका प्रशासन कार्यालय, सिमरा, सिम्रौनगढ र कोल्हवीबाट नागरिकता वितरण हुने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, कलैयाबाट एक हजार २५४ र इलाका प्रशासन कार्यालय, सिम्रौनगढबाट १५८ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । त्यस्तै, सोही आवमा १९ जनाले अङ्गीकृत र सातजनाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन् । वितरण भएकामध्ये १० हजार २०४ जना महिला र १० हजार ८३० जना पुरुषले नागरिकता प्रमाणपत्र लिएको सो कार्यालयले जनाएको छ ।

त्यसैगरी, जिल्ला प्रशासन कार्यालय, कलैयाबाट १२ हजार ५१५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् भने इलाका प्रशासन कार्यालय, सिमराबाट पाँच हजार ८३२ जनाले प्रतिलिपि लिएका छन् ।

यसैगरी, नागरिकताको प्रतिलिपि चार हजार ७६५ जना महिला र सात हजार ७५० जना पुरुषले लिएका छन् ।

त्यस्तै, इलाका प्रशासन कार्यालय, सिम्रौनगढबाट एक हजार १८ जनाले र इलाका प्रशासन कार्यालय, कोल्हवीबाट ९२२ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय, कलैयामा ६६ वटा नयाँ संस्था दर्ता भएका र ३६५ वटाको नवीकरण भएको छ । पत्रपत्रिका १० वटा दर्ता छन् । ठाडो उजूरी एक हजार ९८३ वटा परेका छन् भने समावेशी प्रमाणित नौ हजार ५४५, चालचलन प्रमाणित १०४ जना र हातहतियार नवीकरण ८३ र नामसारी दुईजनाको भएको छ ।

२७९ जनाको नाबालक परिचयपत्र, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ बिक्री वितरणको स्वीकृति १२ जनाले लिएका छन् । १० हजार ३७८ जनाको सामान्य राहदानी, ६४ जना नाबालक र ५२९ जनाको हराएको राहदानीको सिफारिश भएको छ । राहदानीबाट रु पाँच करोड ७३ लाख ४० हजार राजस्व सङ्कलन भएको छ । यसैगरी, अन्य प्रशासनिक सेवा शुल्कबाट पाँच लाख ९७ हजार ८५०, हातहतियार नवीकरण, नामसारीबाट छ लाख २५ हजार २२५, प्रशासनिक दण्ड जरिवाना र जफतबाट पाँच लाख ३५ हजार ३१९ राजस्व सङ्कलन भएका छन् ।

राष्ट्रिय परिचयपत्र बनाउन १५ हजार ८१६ जनाको फाराम दर्ता भएकामा त्यसमध्ये नौ हजार २१८ जना पुरुष र छ हजार ५९८ जना महिला रहेका छन् । पालिकाहरूबाट राष्ट्रिय परिचयपत्र बनाउन १६ हजार नौ जनाको नाम दर्ता भएका छन् । राष्ट्रिय परिचयपत्रको खर्च २८ लाख नौ हजारमध्ये २२ लाख ८१ हजार १३८ सङ्कलन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here