प्रस, वीरगंज, २० साउन/
ज्ञानदा एकेडेमीले नयाँ विद्यार्थीहरूमा ऊर्जा बढाउन तथा कक्षा ११ का छात्रछात्राहरूलाई विशेष जानकारी दिन शनिवार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

एकेडेमीका प्रमुख कार्यकारी अधिकारी राजेन्द्रप्रसाद कोइरालाले विद्यार्थीहरूसँग शिक्षा क्षेत्रको अनुभव साटेका थिए भने लक्ष्यप्राप्तिका लागि विद्यार्थीलाई सुझाव दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वीरगंज नर्सिङ क्याम्पसका प्रमुख कल्पना पौडेल, नेपाल बार एशोसिएशन, पर्साका अध्यक्ष कमलमोहन पोखरेल, नेशनल मेडिकल कलेजका एमडी शाहनबाज अन्सारीलगायतले मन्तव्य राखेका थिए ।

एकेडेमीका प्रमुख कार्यकारी अधिकारी कोइरालाको अध्यक्ष्Fतामा भएको कार्यक्रममा राष्ट्रिय क्रिकेट खेलाडी तथा ज्ञानदाका ब्रान्ड एम्बेस्डर आसिफ शेख, एकेडेमीका शिक्ष्Fकहरू वसिम हुसैन, मनोज यादव, मनीष रौनियार, ज्योति रौनियार, अविनाश गिरी, अफरोज अन्सारी, अमितेश झा, गेनालाल यादव, निरञ्जन केशरी, रामबाबू बैठा, विपिन पटेल, परमानन्द यादवलगायतको सहभागिता थियो ।

कार्यक्रमको सहजीकरण रामप्रसाद पाण्डेले र विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here