प्रस, वीरगंज, १६ साउन/
नेपाल विद्युत् प्रFधिकरण वितरण केन्द्र पोखरियाले अघिल्लो आवभन्दा गत आवमा १३ प्रतिशत बढी महसूल सङ्कलन गरेको छ । अघिल्लो आव २०७९/८० मा रु ३४ करोड १४ लाख ३९ हजार ७३८ महसूल सङ्कलन गरेकोमा गत आव २०८०/८१ मा ३९ करोड ३२ लाख ७४ हजार ३२४ महसूल सङ्कलन गरेको थियो ।

वितरण केन्द्र पोखरिया अन्तर्गत १० वटा पालिका पर्छन् भने ग्राहक सङ्ख्या ५० हजार ६५६ रहेका छन् । हालसम्म वितरण केन्द्र पोखरिया अन्तर्गत ५५ करोड ६३ लाख ५६ हजार १४ रुपैयाँ बक्यौता रहेको छ । सो वितरण केन्द्रले बक्यौता रहेका ग्राहकहरूको लाइन काटेर रु पाँच करोड ९५ लाख असुल गरेको छ । अहिलेसम्म एक हजार आठ सयजनाको लाइन काटिएको सो कार्यालयले जनाएको छ ।

प्राप्त तथ्याङ्क अनुसार २६० जना विद्युत् चुहावटको आरोपमा पक्राउ परेकामा उनीहरूसँग तीन करोड जरिवाना असुल गरिएको वितरण केन्द्र पोखरियाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here