प्रस, वीरगंज, १६ साउन/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले मानव अधिकार तथा क्राइम कन्ट्रोलका अन्तर्राष्ट्रिय अध्यक्ष भिपी सिंहलाई सम्मानित गरेका छन् ।

अध्यक्ष सिंहले नेपालमा मानव अधिकारको उल्लङ्घन धेरै हुने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरूले नियमित अनुगमन गर्नुपर्ने बताए । उनले नेपालमा मानव अधिकार रक्षाको लागि मानव अधिकारवादी सङ्घसंस्थासँग मिलेर सहकार्य गर्ने प्रस्ताव गरे ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत मातृका भट्टराई, वडाध्यक्ष बैजु स्वर्णकारलगायतको सहभागिता थियो ।

यसैगरी, नगरप्रमुख सिंहले साहिब दरबार ग्याँसपुर, सिवान भारतका पीठाधिपति परमपूज्य सरकारजी र भारतबाट आएका साधुसन्तलाई सम्मानित गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here