प्रस, वीरगंज, १४ साउन/
वीरगंज महानगरपालिकाले सोमवार पनि श्रीसिया नदी प्रदूषित गर्ने दुईवटा उद्योगमा कारबाईस्वरूप फोहरमैला थुपारेको छ । परवानीपुरस्थित अरनिका प्रोसेसिङ उद्योग र श्रीसिद्धि टेक्सटाइल्समा फोहोर थुपारेको हो ।

नगर प्रहरी, कर्मचारीको टोलीले सोमवार अरनिका प्रोसेसिङ उद्योग प्रालि र श्रीसिद्धि टेक्सटाइल्स प्रालिमा २० ट्याक्टर फोहोर थुपारेको थियो ।

आइतवार महानगरको टोलीले अरनिका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मरियम लेदर इन्डस्ट्रिज प्रालिको मुख्यद्वारमा फोहोर लगेर थुपारेको थियो ।

सोमवार दुई उद्योगमा १०/१० ट्याक्टर फोहोर थुपारेको नगरप्रहरी प्रमुख हरि भुसालले जानकारी गराएका छन् । उनका अनुसार फोहर थुपारिएको उद्योगमध्ये मरियम लेदर इन्डस्ट्रिजका सञ्चालकले नदीमा प्रदूषण नगर्ने प्रतिबद्धता जनाएको बताए । भुसालले आइतवार फोहोरको तस्बिर खिच्न गएका एकजना नगर प्रहरीलाई उद्योगले दुर्ई घण्टा नियन्त्रणमा राखेको कारण सोमवार पुनः १०/१० ट्याक्टर फोहोर लगेर उद्योगभित्र थुपारेको बताए । नगरप्रमुख राजेशमान सिंहले श्रीसिया छेउछाउका उद्योगहरूले श्रीसिया नदीमा प्रदूषण नगर्ने प्रतिबद्धता नजनाएसम्म उद्योगहरूमा फोहर फालेर महानगरले कारबाई गरिरहने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here