प्रस, पंचगावाँ, १२ साउन/
पटेर्वासुगौली गाउँपालिका–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुगौली दापमा शनिवार आँखा शिविर सम्पन्न भएको छ।

सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीको आयोजनामा वीरगंज सामुदायिक आँखा केन्द्र र तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको शिविरमा १४० जनाको आँखा चेकजाँच गरी औषधि प्रदान गरिएको सामुदायिक आँखा केन्द्रका स्वास्थ्य संयोजक महेश सिंह धामीले बताए।

शिविरमा आँखा परीक्षण गरिएकामध्ये ४७ जनामा मोतीबिन्दु फेला परेको प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाले बताए। शिविरमा स्वास्थ्यकर्मीहरू प्रभात चौरसिया, मुस्कान श्रेष्ठ, अपसा अन्सारीलगायतले आँखा परीक्षण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here