प्रस, निजगढ, ३ साउन/
निजगढ नगरपालिका १२ नं वडा कार्यालय परिसर र आसपासमा वृक्षारोपण कार्य बिहीवार सम्पन्न भएको छ।

यस वडामा सक्रिय रहेका तपोभूमि युवा क्लब, सहमति युवा क्लब, ग्रामीण युवा क्लबको सहयोगमा वडा कार्यालय परिसर र वडा कार्यालय जाने बाटाका दुवै किनारामा गुलमोहर, कल्की, रुद्राक्ष, पारिजात, अशोक, नीम, धुपी, आँप, लिच्ची, कपूरलगायतका ९४ वटा बोटबिरुवा रोपण गरिएको वडा सचिव अरुण बस्नेतले जानकारी दिए।

विश्वकै कान्छो चुरे पहाड र फेदमा रहेको यस वडाको रामथलीस्थित वडा कार्यालयमा गरिएको वृक्षारोपण कार्यले ५/७ वर्षभित्र नै यस स्थानको सौन्दर्यीकरण देखिने र स्वच्छ वातावरणमा थप योगदान पु–याउने अपेक्षा गरिएको वडाध्यक्ष ज्ञानबहादुर गोलेले बताए।

वडामा सडकलगायत विभिन्न भौतिक पूर्वाधारका कार्यहरू भइरहेसँगै वडामा रहेका विद्यालय, सार्वजनिक स्थान, सडक किनारामा समेत आवश्यकता अनुसार बिरुवा रोपण गर्ने वडाध्यक्षले गोलेले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here