निजगढ नगरपालिका–६ स्थित बागदेव दुुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा आर्थिक अनियमितता भएको आशङ्का गर्दै छानबीन गर्नुपर्ने माग उठेको छ। मही मथ्ने मदानी खरीद गर्दा आर्थिक अनियमितता भएकोले भुक्तानी गर्न नसकिने जनाएर संस्थाबाट राजीनामा दिनुपरेको तत्कालीन लेखापाल गोविन्द गौतमले सामाजिक सञ्जालमा खरीद गरिएको सामानसहित बील सार्वजनिक गरेसँगै तरङ्ग पैदा भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्य समितिका अध्यक्ष खड्गप्रसाद उप्रेतीले मङ्गलवार सार्वजनिक वक्तव्य जारी गर्दै आर्थिक अनियमिततालगायत विभिन्न खाले अनियमितताविरुद्ध पारदर्शी ढङ्गले छानबीन हुनुपर्ने माग गर्दै बुुधवार केहीबेर संस्था घेराउ गरेका छन्। उक्त संस्थामा बिहीवार पदाधिकारीहरू कार्यालयमा नभेटिएपछि इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्ष्Fक सुुमित कुुशवाहको रोहबरमा, छानबीन गर्नुपर्ने माग राख्ने पक्षका केही व्यक्तिसहित सो संस्थाका व्यवस्थापक सौरभ अधिकारीसँग छलफल भएको थियो। संस्थामा भए–गरेका अनियमितता सार्वजनिक गर्न सुुझाव दिंदै चित्तबुझ्दो जवाफ नआए अख्तियार दुरुपयोग अनुुसन्धानलगायत सम्बन्धित निकायहरूमा उजूरी दिन पछि नपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्य समितिका अध्यक्ष खड्गप्रसाद उप्रेतीले बताएका छन्।