प्रस, वीरगंज, १४ असार/

वीरगंज कपडा बैंक तथा अमर चोक टोल सुधार समितिको संयुक्त आयोजनामा शुक्रवार वीरगंज महानगरपालिका–४ अमरचोकमा निश्शुल्क कपडा वितरण गरिएको छ।

वडाध्यक्ष जगतसाह कानूले नयाँ, पुराना गरी ३५० थान कपडा वितरण गरेको अमर चोक टोल सुधार समितिका सचिव नवराज भट्टराईले बताए। वडाध्यक्ष कानूले दीनदुःखी, असहायको सेवा गर्नु परोपकारको काम भएको बताए। उनले कपडा बैंकले हुनेलाई दिन र नहुनेलाई लिएर जाने व्यवस्था गरेकोमा प्रशंसा पनि गरे। बैंकको कारण धेरैले लुगा लगाउन पाएर गर्जाे टरेको बताए।

 वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंह र अमर चोक सुधार समितिका अध्यक्ष सञ्जय पटेलको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा प्रकाश उपाध्याय, सञ्जु दाहाल, हुकुम सिंह राजपूत, सत्यम खड्गी, कन्हैया पटेल, मनोज मिश्र, अजय यादव, दीपेन्द्र श्रेष्ठ, शेखर चौधरीलगायतको सहभागिता थियो।कार्यक्रममा टोल सुधार समितिका सल्लाहकार जुलुम खड्गीले स्वागत र चन्द्रकिशोर रामले सहजीकरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here