जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको पाँच लाखसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ।
बिहीवार जगरनाथपुर गाउँपालिका–५ मसियानीबाट म.प्र.०३–०२६ प ५५९२ नम्बरको मोटरसाइकलमा सवार भारत, बिहार, पश्चिमी चम्पारणका सीतारामप्रसाद कुशवाहालाई पाँच लाख नगदसहित पक्राउ गरिएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जनाएका छन्। पक्राउ परेका कुशवाहाविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ।