प्रस, परवानीपुर, ११ असार/

कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषणप्रसाद कुशवाहाको हत्या अभियोगमा सातजना पक्राउ परेका छन्। बारा प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै सो घटनामा सातजना पक्राउ परेका र तिनीहरूमाथि कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा छ दिन म्याद थप भएको जनाएको छ। बारा, आदर्शकोतवाल गापा–२ खजुरिया बस्ने ५० वर्षीय कुशवाहाको हत्या अभियोगमा सोही गाउँका पाँचजना र अन्य दुईजना गरी सातजना पुरुष अभियुक्त प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका बारा प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा खजुरियाका ३२ वर्षीय अवधप्रसाद कुशवाहा, २९ वर्षीय चादसीप्रसाद कुशवाहा, २७ वर्षीय चुलाही भन्ने श्रवणकुमार साह, ३४ वर्षीय राधेशकुमार पटेल, ५४ वर्षीय विनोद कुर्मी रहेका छन्। त्यसैगरी, कलैया उमनपा–१० मटिअर्वाका ५० वर्षीय अम्रपाली भन्ने ब्रह्मदेव राम र करैयामाई गापा–७ पिपरा बस्ने मोतीलाल चौधरी रहेको बारा प्रहरीका प्रवक्ता प्रनाउ दधिराम न्यौपोनेले बताए।

गत जेठ ३२ गते साँझ सवा ५ बजे क्याम्पस प्रमुख कुशवाहा घरबाट कलैया आउने क्रममा आदर्शकोतवाल गापा–३ बतरा गाउँको ग्राभेल सडकमा अज्ञात समूहले गोली हान्दा उनी गम्भीर घाइते भएका थिए। थप उपचारको लागि वीरगंज ल्याउने क्रममा कुशवाहाको बाटोमैं मृत्यु भएको थियो।

यस अघि यस घटनामा बारा प्रहरीले प्रभावकारी अनुसन्धान प्रक्रिया अघि नबढाएको भनी चौतर्फी आलोचना भइरहेको छ भने घटनाको भोलिपल्टदेखि नै पीडित परिवारजनले जिल्ला प्रहरी कार्यालय, बाराअगाडि प्रदर्शनसमेत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here