प्रस, परवानीपुर, ९ असार/

तेस्रो तेस्रो लिङ्गीहरूले वीरगंजमा आइतवार जून महिनामा मनाइने गौरव महीना मनाएका छन्। वीरगंजमा विविध कार्यक्रम आयोजना गरी गौरव महीना मनाइएको हो।

वीरगंजमा –याली एवं साङ्गीतिक कार्यक्रम गर्दै गौरव महीना  (प्राइड मन्थ) मनाइएको सहयात्री समाज वीरगंजका कार्यक्रम संयोजक सुरज लिम्बूले बताए।

सन् १९६९ मा अमेरिकामा यौन अल्पसङ्ख्यक समाजले विकृति फैलाएको भन्दै थुनामा परेपछि त्यसको विश्वभरि तेस्रो लिङ्गीहरूले विरोध गरेपछि नियन्त्रणमा परेका   तेस्रो लिङ्गीहरू रिहा भएका थिए।

सोही दिनको सम्झनामा विश्वभरि जून महीनालाई गौरवको महीनाको रूपमा विविध कार्यक्रम गर्दै यो दिवस मनाउने चलन स्थापित भएको हो। साँझ ५ बजे ब्रह्मचोक मुर्लीबाट बाजागाजासहित निस्केको –याली बजार नगरपरिक्रमा गर्दैै वीरगंजको घण्टाघरस्थित विपी पार्कमा कोणसभामा परिणत भएको थियो।

समाज पर्साका कार्यक्रम संयोजक लिम्बूको अध्यक्षता एवं प्राविधिक सहायक जटाशङ्कर साहको सहजीकरणमा सम्पन्न कार्यक्रममा सहयात्री समाज हेटौंडाकी कार्यक्रम संयोजक किरण थापा, बाराकी कार्यक्रम संयोजक पूर्णिमा श्रेष्ठ, रौतहटकी कार्यक्रम संयोजक जीना तामाङलगायतले मन्तव्य व्यक्त गरेका थिए। सहयात्री समाजमा हाल पाँच सय तेस्रो लिङ्गी आबद्ध छन्।

यो संस्थाले समाजमा एचआइभी सङ्क्रमण एवं सुरक्षित यौन सम्पर्कको क्षेत्रमा समेत जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको छ। साथै यौन अल्पसङ्ख्यकको हकअधिकार सुनिश्चित गराउन पनि यो संस्थाले प्रयास गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here