नितेश कर्ण, वीरगंज, ९ असार/

सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको आयोजनामा सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतवार कञ्चनजङ्घा बोर्डिङ स्कूलमा  लागूपदार्थ दुव्र्यसन तथा ओसारपोसारसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय, पर्साका वरिष्ठ प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीले लागूपदार्थबाट जोगिनका लागि विद्यार्थीहरूले अपनाउनुपर्ने सचेतताबारेमा जानकारी गराएका थिए।

उनले लागूऔषधको कुलतमा खासगरी विद्यार्थीहरू पर्ने गरेकाले यसबारेमा सजग रहन आग्रह गरे। उनले लागूऔषध नियन्त्रण्मा विद्यार्थीहरूको भूमिका प्रभावकारी हुने भएकोले यसबारेमा प्रहरीलाई सूचना दिएर मदत गर्न सक्ने बताए।

सामुदायिक सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका निर्देशक मार्टिन मोक्तान, प्रधानाध्यापक वसन्त बुढाथोकी, सेवा केन्द्रका सियाराम नेपाली, सञ्जु दाहाल, मुन्ना दाहाल, भवानी पौडेल, कुमार विक, अमित यादव, दिलीप कोइरीलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here