वीरगंज कलेजले कक्षा १२ मा अध्यनरत विद्यार्थीहरूलाई नेतृत्व क्षमता विकास तालीम दिएको छ। कानून, शिक्षा, पत्रकारिता र व्यवस्थापन सङ्कायका विद्यार्थीहरूका लागि आयोजित क्षमता विकास तालीमको उद्घाटन गर्दै वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष सुबोध गुप्ताले आफू औद्योगिक घरानाको व्यक्ति नभएको तर सानो व्यापारलाई मेहनत गरेर अगाडि बढाएर अहिलेको अवस्थामा आइपुगेको बताए। उनले सङ्घर्ष गर्नेहरूले मुकाम पाउँछन् र यसमा कुनै बहानाबाजी नगरी निरन्तर लाग्नुपर्ने बताए। उनले विद्यार्थीहरूले सकारात्मक सोचका साथ लक्ष्य बनाएर अघि बढ्नुपर्ने सुझाए। वीरगंज कलेजका अध्यक्ष डा दीपेन्द्र चौधरीले शिक्षाको स्तर बढाउन आफू लागिपरेको बताए।
किताबी ज्ञानका साथै विद्यार्थीहरूलाई अतिरिक्त अध्ययनका लागि पनि कलेजले विभिन्न कार्यक्रमहरू गर्दै आएको बताए। कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष आलोक चौरसिया, वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम, कृषि वैज्ञानिक विश्वेश्वर यादवलगायतको सहभागिता थियो।