वीरगंज महानगरपालिकाको सवारी कर ठेक्का दोब्बरीभन्दा बढीले वृद्धि भएको छ।
चालू आवमा सवारी कर ठेक्का तीन करोड तीन लाखमा सञ्चालन भइरहेको थियो। आगामी आवको लागि छ करोड ७१ लाखमा ठेक्का सकार भएको छ। दोस्रो ठेकेदारले छ करोड ११ लाख भरेका थिए।
यसैगरी, कबाडीकर ठेक्का पनि वृद्धि भएको छ। चालू आवमा तीन करोड छ लाखमा ठेक्का सञ्चालन भएको थियो भने आगामी वर्षको लागि चार करोड ३० लाखमा ठेक्का सकार भएको छ। शुक्रवार टेन्डर खोल्दा पहिलाकोले चार करोड ३० लाख र दोस्रोले चार करोड २१ लाख भरेको राजस्व महाशाखा प्रमुख मनोज कर्णले बताए।
उनले सवारी र कबाडीकरबाट मात्रै आगामी वर्षमा चार करोड बढी राजस्व वृद्धि हुने बताए। तर महानगरले लगाएको विज्ञापन करको ठेक्का भने लागेन। चालू आवमा ६० लाखमा यो ठेक्का लागेको थियो र सोही अनुरूपको
टेन्डर आह्वान हुँदा कसैले पनि टेन्डर नभरेको राजस्व महाशाखा प्रमुख कर्णले बताए।