स्रोत नखुलेको रकमसहित पक्राउ परेका एकजना भारतीय नागरिक गौर भन्सार कार्यालयबाटै फरार भएका छन्।
बिहीवार सशस्त्र प्रहरीले स्रोत नखुलेको १४ लाख ८० हजार रकमसहित पक्राउ परेका भारतीय नागरिक गजेन्द्र राय पिसाब फेर्ने बहानामा भन्सार कार्यालयबाट भागेका हुन्।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका–७ बङ्कुलस्थित भन्सार गेटबाट मोटरसाइकलसहित रायलाई पक्राउ गरेको थियो।
पक्राउ परेका रायलाई कारबाईका लागि भन्सार कार्यालय गौरमा बुझाउने क्रममा राय सशस्त्र प्रहरीको नियन्त्रणबाट फुत्केर फरार भएका थिए। फरार भएका गजेन्द्र हुन्डी कारोबारीका भरिया भएको अनुमान गरिएको छ।