प्रस, वीरगंज, ७ असार/

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपोसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सामुदायिक सेवा केन्द्र श्रीपुर–मुर्लीले शुक्रवार जनचेतनामूलक कार्यक्रम गरेको छ।

केन्द्रले वीरगंज महानगरपालिका–१३ तेजारथटोलमा घरदैलो कार्यक्रम गरी टोलवासीलाई लागूऔषध दुरुपयोग तथा अवैध ओसारपोसारविरुद्ध सचेतना वृद्धि गरेको थियो।

केन्द्रका सचिव कुलनारायण (दिलीप) प्रधानको अध्यक्षातामा भएको कार्यक्रममा प्रहरी हवलदार सुभाषप्रसाद यादव, लालुमाया महतोलगायतले टोलवासी, विद्यार्थी, सर्वसाधारणलाई लागूऔषधको असरबारे सचेत बनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here