काठमाडौं, ७ असार/रासस

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ।

भारतले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३४ रनमा समेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए। उनले २० बलमा दुई चौका र एक छक्का प्रहार गरे।

यसैगरी, नजिबुल्लाह जादरानले १७ बलमा १९ रन जोडे। गुलबर्बादन नाइबले २१ बलमा १७ रन बनाए भने मोहम्मद नाबीले १४ तथा रहमतुल्लाह गुरबाजले ११ रन बनाए।

भारतका लागि जसप्रीत बुमराह र अर्शदीप सिंहले समान तीन/तीन विकेट लिए। त्यस्तै, कुलदीप यादवले दुई विकेट लिंदा रवीन्द्र जडेजाले एक विकेट झारे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८१ रनको

योगफल बनाएको थियो। भारतका लागि सूर्यकुमार यादवले २८ बलमा पाँच चौका र तीन छक्काको मदतमा सर्वाधिक ५३ रनको योगदान दिए। त्यस्तै, विराट कोहलीले २४ रन बनाउँदा ऋषभ पन्तले २० रन बनाए। हार्दिक पाण्डेयाले ३२ रन बनाए। अफगानिस्तानका लागि फजलहन फारुकी र राशिद खानले समान तीन/तीन विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here