नितेश कर्ण, सर्लाही, ६ असार/

बाग्मती नगरपालिकाको रायमाझी चोकमा बिहीवार बिहान भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गस्थित बाग्मती नगरपालिका–११ रायमाझी चोकमा रोकिएको भारतीय नम्बरको लरीमा लु.१ख ८८४८ नम्बरको बस ठोक्किंदा रूपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षीय दशरथ कोहार र ५० वर्षीय रामकरण केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।

भैरहवाबाट जनकपुर जाँदै गरेको बसले ओभरटेक गर्ने क्रममा लरीको पछाडिको भागमा ठक्कर दिंदा दुर्घटना भएको जिप्रका, सर्लाहीले जनाएको छ। दुर्घटनापछि प्रहरीले घाइतेहरूको उद्धार गरेको थियो।

बसमा ४० जना सवार रहेका र दुर्घटनामा १६ जना घाइते भएका जिप्रका, सर्लाहीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here