प्रस, वीरगंज, ५ असार/

जिल्ला प्रहरी कार्यालय, बाराले २७० किलो गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिप्रका, बाराले जनाए अनुसार नारायणघाटबाट आउँदै गरेको भारतीय ट्रकलाई जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा इलाका प्रहरी कार्यालयको टोलीले चेकजाँच गर्ने क्रममा ट्रकबाट सो परिमाणमा गाँजा बरामद भएको जनाएको छ। २७ वटा पोकाबाट २७० किलो गाँजा बरामद भएपछि ट्रक चालक भारत रामगढवा निवासी १९ वर्षीय अन्तोष गिरीलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here