प्रस, वीरगंज, २ असार/

सूर्य नेपाल प्रालि सिमरा, बाराले पर्सा जिल्ला जीराभवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी सुपौलीलाई ११ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरणहरू सहयोग गरेको छ।

स्वास्थ्य चौकीमा आइतवार सूर्य नेपालका कारखाना व्यवस्थापक सुरेशकाजी श्रेष्ठले गापाध्यक्ष अनुज चौधरीलाई स्वास्थ्य उपकरणरू हस्तान्तरण गरेका थिए। सूर्य नेपालले सुपौली स्वास्थ्य चौकीलाई सिबिसी, अटोएनालाइजर मेशीन, फ्रिज र कम्प्युटर सहयोग गरेको सूर्य नेपालका यज्ञबहादुर आलेले बताए।

कार्यक्रममा सूर्य नेपालका कारखाना व्यवस्थापक श्रेष्ठले सूर्य नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत जीराभवानी गापावासीलाई स्वास्थ्य परीक्षणमा सहज होस् भनेर स्वास्थ्य उपकरणहरू सहयोग गरेको र आगामी दिनमा यस प्रकारका सहयोगहरू गरिरहने बताए। गापाध्यक्ष चौधरीले सूर्य नेपालले स्थानीयवासीको स्वास्थ्य सहजताका लागि स्वास्थ्य उपकरणहरू प्रदान गरेर गुण लगाएको बताए। उनले आगामी दिनमा सानोतिनो स्वास्थ्य परीक्षण गापामा सम्भव हुने भएकोले बाहिर जानु नपर्ने बताए।

कार्यक्रममा गापा उपाध्यक्ष रेखा चौधरी, वडाध्यक्ष राजेश्वर दास थारू, सूर्य नेपालका रोशन अधिकारी र स्वास्थ्यकर्मीहरूको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here