काठमाडौं, १ असार/रासस

आइसिसी टि–ट्वाइन्टी विश्वकप क्रिकेटमा न्यूजिल्यान्डले युगान्डालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ।

वेस्टइन्डिजको ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा भर्खरै सम्पन्न खेलमा न्यूजिल्यान्डले युगान्डलाई नौ विकेटले पराजित गर्दै विश्वकपमा पहिलो जीत दर्ता गराएको हो। जीतसँगै समूह ‘सी’मा रहेको न्यूजिल्यान्डले तीन खेलमा २ अङ्क जोडेको छ। चार खेल खेलेको युगान्डाको २ अङ्क छ ।

युगान्डाले प्रस्तुत गरेको ४१ रनको सामान्य लक्ष्य पच्छाएको न्यूजिल्यान्डले ५.२ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा ग–यो। न्यूजिल्यान्डका लागि डिभोन केन्वेले अविजित २२ रन बनाए। त्यस्तै फिनन् अल्लेनले नौ रन जोड्दा रचिन रवीन्द्र एक रनमा अविजित रहे। बलिङतर्फ युगान्डाका रियाजत अली शाहले एक विकेट लिए।

त्यस अघि टस हारेर पहिले ब्याटिड्ढो निम्तो पाएको युगान्डाले १८.४ ओभरमा सबै विकेट गुमाउँदै ४० रनको योगफल बनाएको थियो। युगान्डाका लागि केनथ वाइस्वाले सर्वाधिक ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

युगान्डालाई सस्तैमा समेट्ने क्रममा न्यूजिल्यान्डका टिम साउथीले तीन विकेट लिए भने  ट्रेन्ट बोल्ट, मिचेल स्यान्टनर र रचिन रवीन्द्रले समान दुई/दुई विकेट लिए। त्यस्तै लोकी फर्गुसनले १ विकेट झारे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here