दिनेशकुमार मिश्र, वीरगंज, ३१ जेठ/

दिव्य विकास स्रोत केन्द्र पर्साको आयोजनामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले  वैदेशिक रोजगार विषयक नागरिक समाजसँग अन्तत्र्रिmया गरेको छ।वीरगंजमा बुधवार आयोजित कार्यक्रममा केन्द्रका संयोजक रामाशङ्कर कुशवाहाले वैदेशिक रोजगारमा जानेहरूको सङ्ख्या दिनानुदिन बढिरहेको र त्यसमध्ये जानकारी अभावमा थुपै्र मानिस ठगीका शिकार भइरहेको

बताए। उनले स्वदेशमैं रोजगार गर्न सन्देश प्रवाह गर्दै आएको र वैदेशिक रोजगारमा जानै पर्ने भए त्यस्ता मानिसहरूले सही सूचना र सीप सिकेर मात्र जान सुझाए। उनले गत आर्थिक वर्षमा वीरगंज महानगरपालिकाबाट एक हजार ५४१ जना वैदेशिक रोजगारमा गएका र तिनीहरूबाट ५७ करोड ५० लाख विप्रेषण आएको बताए।

उनले महानगरपछि संस्थाले पर्सागढी नगरपालिका, सखुवाप्रसौनी र ठोरी गापाको तथ्याङ्क सङ्कलन गर्नुका साथै वैदेशिक रोजगारमा जानेहरूलाई परामर्श दिने कार्य गर्दै आएको बताए। संयोजक कुशवाहाले ठोरी गापाबाट एक हजार १५९ जना विदेश गएका र उनीहरूबाट ४४ करोड १३ लाख विप्रेषण आएको बताए।

यसैगरी, पर्सागढी नगरपालिकाबाट ८३६ जना गएका र १३ करोड तीन लाख र सखुवाप्रसौनी गापाबाट ५३० जना गएका र उनीहरूबाट दुई करोड ६२ लाख विप्रेषण भित्रिएको उनले बताए।

उनले पर्सा जिल्लाबाट गत वैदेशिक रोजगारमा गएकामध्ये ११६ जना ठगीको शिकार भएका छन् र आफ्नो संस्थाको सहयोगमा २३ जनालाई उद्धार गरी स्वदेश फिर्ता ल्याएको बताए।

जिल्लामा एक वर्षमा ११६ जना ठगीमा परेका जसमध्ये संस्थाको सहयोगमा २३ जनाको उद्धार भएको संयोजक कुशवाहाले बताए।

गत वर्ष मधेश प्रदेशबाट एक लाख ८१ हजार ६१३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका र तीमध्ये विभिन्न दुर्घटनामा परी एक हजार २५१ जनाकोे मृत्यु भएको उनले बताए।

दिव्य विकास सा्रेत केन्द्र पर्साका अध्यक्ष उमेश चौहानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष पुरन पटेल, गैरसरकारी संस्था महासङ्घ नेपाल, पर्साका अध्यक्ष छठु साह, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कँडेललेको सहभागिता थियो। कार्यक्रमको सहजीकरण स्रोत केन्द्रका सुनील पटेलले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here