प्रस, परवानीपुर, २७ जेठ/

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले ठोरी, माडी, भरतपुरमा पर्यटन भिœयाउन पर्सा र चितवन राष्ट्रिय निकुञ्ज भएर सडक निर्माण हुनुपर्ने बताएकी छन्।

भरतपुर महानगरपालिकाको आयोजनामा शनिवार ठोरीमा आयोजित नेपाल–भारत दुई देशीय अन्तत्र्रिmया कार्यक्रममF नगरप्रमुख दाहालले भारतीय पर्यटकहरूलाई यो क्षेत्रमा आकर्षित गर्नको लागि चितवन र पर्सा राष्ट्रिय निकुञ्ज भएर सडक निर्माण गर्न निकुञ्जले स्वीकृति दिएमा कालोपत्र अथवा पालिकास्तरबाट ग्राभेल सडक भएपनि निर्माण गर्नुपर्ने बताइन्। उनले सडक अभावमा भारतीय पर्यटकहरू ठोरीभन्दा माथि जान नसकेको भन्दै यसका लागि सडक बनाउन जरुरी भएको बताइन्। नेपाल, भारत, चीन त्रिदेशीय पर्यटनको लागि पनि ठोरी–केरुङ सडकमार्ग सबैभन्दा सानो दूरीको भएको र यसको विस्तार हुन नसक्दा पर्यटक आशाप्रदरूपमा आउन नसकेको बताइन्।

नगरप्रमुख दाहालले ठोरी, माडी र चितवनमा पर्यटक गन्तव्य विस्तार भइरहेको र ती ठाउँमा भारतीय पर्यटकहरूलाई ठोरी नाका भएर भिœयाउन पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनले बताइन्। उनले चितवन मनपाले सन् २०२४ लाई पर्यटन वर्षको रूपमा मनाइरहेको र चितवनको सौराहासहित मटियानी र मेघौलीमा पनि पर्यटकहरू रमाउन थालेका भन्दै ठोरी, माडी र चितवनमा पर्यटकीय क्षेत्र विस्तारको लागि पहल आवश्यक रहेको बताइन्।

कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकालले नेपाल–भारत दुई देशीय पर्यटनको विषयमा प्रदेशस्तरबाट हुने सहयोग उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे। उनले बाग्मती प्रदेशको भरतपुर महानगरपालिकाले पर्यटन वर्ष मनाइरहँदा प्रदेश सरकारबाट आवश्यक सबैखाले सहयोग उपलब्ध गराउन पहल गर्ने बताए। कार्यक्रममा सहभागी भारतीय पर्यटक तथा सञ्चारकर्मीले ठोरी नाकामा सटही काउन्टरको अभाव रहेको र सवारीसाधन प्रवेशाज्ञामा समस्या रहेको कारण भारतीय पर्यटकहरू आउन डराउने बताए। उनीहरूले सवारीसाधनको अनावश्यक चेकजाँचले भारतीय पर्यटकलाई समस्या हुने गरेको गुनासो पोखेका थिए।  पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले आपराधिक गतिविधि नियन्त्रणका लागि भारतीय सवारीसाधन चेकजाँच हुने गरेको बताए। उनले भारतीय सवारीसाधनका चालकहरूले नेपालको सवारी ऐन कानूनको परिपालना गरेमा भारतीय पर्यटकहरूलाई नेपाली सुरक्षाकर्मीले कुनै प्रकारको दुःख नदिने दाबी गरे।

ठोरी गापा अध्यक्ष लालबहादुर श्रेष्ठले भारतीय पर्यटकहरूलाई सुविधा दिने कुरामा गापाले हरसम्भव प्रयास गरिरहेको दाबी गरे। ठोरी नाकाबाट भारतीय पर्यटकहरूको आगमन बढोस् भन्नेतर्फ गापाले विशेष ध्यान दिंदै आएको बताए।वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीणाले नेपाल–भारत दुई देशीय पर्यटनको लागि भारत सरकार पनि अग्रसर रहेको बताए। नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा भारतीय पर्यटकहरू आउने गरेका र नेपालबाट पनि भारतका विभिन्न स्थानमा नेपाली पर्यटकहरू गइरहेका भन्दै यसलाई सहज र सरल बनाउनुपर्नेतर्फ पहल हुनुपर्ने बताए। उनले वर्तमानमा अयोध्या नेपाली धार्मिक पर्यटकहरूको रोजाइमा परेको र त्यहाँबाट यहाँसम्मको सम्बन्ध विस्तारमा दूतावासले पहल गर्ने बताए।

कार्यक्रममा चितवन महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल, माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतो, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी उत्तमबहादुर घिमिरेलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here