प्रस, रौतहट, २६ जेठ/

ठगी आरोपमा जिल्ला प्रहरी कार्यालय, रौतहटले एकजनामाथि अनुसन्धान शुरू गरेको छ। विद्यार्थी भिसामा रूस पठाउने भनेर नेपालस्थित रसियाली राजदूतावासको नक्कली कागजपत्रहरू बनाएर यमुनामाई गाउँपालिका–२ बस्ने २० वर्षीय जीतेन्द्रकुमार यादवसँग रु १० लाख ८७ हजार ठगी गरेर सोही स्थान निवासी २३ वर्षीय राहुलकुमार प्रजापति फरार थिए।

उनलाई मलङ्गवा प्रहरीले पक्राउ गरी जिप्रका, रौतहटमा बुझाएको र रौतहट प्रहरीले हिजो अदालतमा पेश गरी म्याद थप गरेर थप अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here