सङ्घ सरकारको निर्देशनमा मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मधेस प्रदेशका आठ जिल्लामा रहेका सहकारीहरूलाई खोजबीन गर्न थालेपछि अधिकांश सहकारी सम्पर्कविहीन भएका छन्।
मधेस प्रदेशका आठ जिल्लामध्ये बारा, पर्सा, रौतहट र सर्लाहीमा १९२ वटा सहकारी सम्पर्कविहीन भएको सो मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको छ। २०८० चैतमा ३५ दिनको सूचना प्रकाशन गरी आवश्यक कागजातसहित सम्र्पकमा आउन निर्देशन दिएपछि नियमसङ्गतरूपमा सञ्चालित सहकारीहरू सम्पर्कमा आएको मन्त्रालयले जनाएको छ। अधिकांश सहकारी सम्पर्कमा नआएपछि मन्त्रालयले कारबाई प्रक्रिया अगाडि बढाएको हो।
बाराका ११२, पर्साका पाँच र रौतहटका ८३ वटा सहकारी सम्पर्कविहीन छन्। सूचनामार्फत यस अवधिमा सम्पर्कमा नआउने सहकारी संस्थाहरूलाई मधेस प्रदेश सहकारी ऐन, २०७९ तथा नियमावली २०० बमोजिम कारबाही प्रक्रिया अघि बढाउने बेहोरासमेतका चेतावनी सूचनामा दिइएको छ।
प्रदेश सहकारी मन्त्रालयले संस्थाको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, पान नम्बर, विनियमको एक प्रति, लेखापरीक्ष्Fण प्रतिवेदन, सञ्चालक समितिको तीन पुस्ता, कार्यरत कर्मचारीका सम्पर्क नम्बर, कारोबार गरिरहेको बैंकको चेकको प्रतिलिपि, साधारणसभाको निर्णय, संस्थाको युजर आइडी, पासवर्ड लिएर आउन सबै सहकारीलाई निर्देशन गरेको थियो तर सो निर्देशन अनुसार पर्साका केही सहकारीहरू अहिले सम्पर्कविहीन अवस्थामा छन्।
सम्पर्कविहीन सहकारीमध्ये जनहित बचत तथा ऋण सहकारी संस्था रामनगरी, भाथाबाबा सहकारी निचुटा, सूर्योदय बचत तित्रौना, विन्ध्यवासिनी सहकारी श्रीसिया, नागेश्वरी सहकारी विन्ध्यवासिनी, उज्ज्वल सहकारी बिरुवागुठी, हितैषी सहकारी वीरगंज–८, जनजागृत सहकारी जीतपुर–३, जनकल्याण सहकारी वीरगंज–१९, लक्ष्मी सहकारी सबैठवा, ग्रामीण सहकारी सबैठवा, डाँफे सहकारी भवानीपुर, दिव्य सहकारी विरञ्चीबर्वा, न्यू जीवनज्योति सहकारी मुडली, आदर्श सहकारी तित्रौना, हनुमान महाप्रभु सहकारी विन्ध्यवासिनी, श्री कातिले सहकारी झौवागुठी, समाजसुधार सहकारी परशुरामपुर, निदान सहकारी बसडिलवा, कोहीनूर सहकारी वीरगंज–१०, श्री भगवान सहकारी अलौं, विश्वमती सहकारी श्रीसिया, अटल सहकारी देउरवाना, अवतार सहकारी वीरगंज–१२, अरुणोदय सहकारी महुवन, दैनिक बचत सहकारी तित्रौना, जिल्ला कृषि सहकारी महुवन, पृथ्वी सहकारी महुवन, जिल्ला बचत तथा ऋण सहकारी महुवन, द्वारदेवी सहकारी अलौं, नारायणी बचत वीरगंज–८, मनसामाई सहकारी वीरगंज–११, पर्सा बचत सहकारी वीरगंज–१०, जलउपभोक्ता सहकारी बिजवनिया, रिचवे सहकारी महुवन, सुन्दीप प्रकाशपुत्र सहकारी सुवर्णपुर, श्रमजीवी सहकारी वीरगंज–१७, गणेश सहकारी वीरगंज–१३, दीपज्योति सहकारी पटेर्वासुगौली, सुपौली सहकारी सुपौली, शुभलक्ष्मी सेभिङ बहुउद्देश्यीय कोअपरेटिभ वीरगंज, श्रीराम बचत लङ्गडी, रवि बहुउद्देश्यीय सहकारी जीतपुर, शुभकामना सहकारी भेडिहारी, कमर्सियल सहकारी अलौं, गायत्री सहकारी विन्ध्यवासिनी, गगन सहकारी वीरगंज–१८, ओम शिवशक्ति सहकारी वीरगंज–१७, सूर्य बचत सहकारी वीरगंज–१२, सद्भाव कृषि सहकारी विन्ध्यवासिनी, सागर श्रमिक स्वालम्बन उपभोक्ता सहकारी वीरगंज–१६, सृजनशील कर्मचारी सहकारी पोखरिया, वीरगंज बचत तथा ऋण सहकारी वीरगंज–१२, पिरामिड सहकारी पटेर्वासुगौली, किरणभूमि महिला सहकारी महुवन, प्रगति कृषि सामुदायिक सहकारी निचुटा, हाम्रो सहारा बचत वीरगंज–११, सहारा युवा सहकारी वसन्तपुर, दलित उत्थान श्रीसिया, ग्रFमीण समाज विकास सम्भौता, चेतना बचत रामगढवा, साझा सहकारी बिरुवागुठी, साझा सहकारी संस्था लि. घुर्मी बहुअरी, सेढवा, धोरे, सुगौली, देउरवाना, पोखरिया, मुडली, महुवन, विन्ध्यवासिनी, गम्हरिया, भवानीपुर, विश्रामपुर, बेलवा, सबैठवा, टिहुकी, लङ्गडी, निचुटा रहेको र यी सहकारीहरूलाई खोजबीनमा राखी प्रदेश सहकारी मन्त्रालयको सूचनापाटीमा टाँस गरिएको छ।