पर्सागढी नगरपालिकामा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूका लागि सञ्जाल गठन तथा क्षमता विकास कार्यक्रम बुधवार सम्पन्न भएको छ।
पर्सागढी नपा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम शाखाको आयोजनामा भएको कार्यक्रममा वैदेशिक रोजगारमा जानेहरू नठगिऊन् र वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरू बेरोजगार नहोऊन् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रशिक्षक रामाशङ्करप्रसाद कुशवाहाले बताए।
कार्यक्रममा वैदेशिक रोजगारमा जाने र फर्कनेहरूको हकहित तथा संरक्षण गर्न नगरस्तरीय पर्सागढी आप्रवासी सञ्जाल अमीर अन्सारीको अध्यक्षतामा गठन गरिएको छ। सो सञ्जालको उपाध्यक्ष कविराज पौडेल, कोषाध्यक्ष सन्दीपकुमार थारू, सचिव प्रमोद राउत, सहसचिव महिन्द्रराम महरा र सदस्यहरूमा रामबाबू साह, दशैं माझी, रुदल सहनी, जगदीश दास, धर्मेन्द्र सहनी, जयकिसन महरा छन्।
कार्यक्रममा पर्सागढी स्वास्थ्य शाखा प्रमुख नारायण पौडेल, सामी कार्यक्रम पर्सागढी शाखा प्रमुख चन्द्रकिशोर राय, मनोसामाजिक परामर्शकर्ता अवधेश ठाकुर, रोशन चौधरी, जिरयोधन पटेल, नरेश मण्डललगायतको सहभागिता थियो।